नयाँ अमेरिकी रक्षामन्त्रीमा मार्क एस्पर नियुक्त « Khabarhub

नयाँ अमेरिकी रक्षामन्त्रीमा मार्क एस्पर नियुक्त


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई रक्षा मन्त्रीमा नियुक्त गरेका छन् ।

इरानसँग विवाद चलिरहेका बेला एस्परलाई राष्ट्रपति ट्रम्पले रक्षामन्त्री नियुक्त गरेका हुन् । रक्षामन्त्री एस्पर यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रुपमा नियुक्त भएका थिए ।

गत डिसेम्बर महिनामा तत्कालिन अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिएपछि पेट्रिक सनहनले कार्यवाहक रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । केही अघिमात्र पारिवारिक कारणले कार्यवाहक रक्षामन्त्री सनहनले पद त्यागेका थिए ।

सन् १९९१ को खाडी युद्धमा समेत संलग्न एस्परसँग लामो सैनिक अनुभव रहेको बताइन्छ ।

रक्षामन्त्रीलाई अमेरिकी मन्त्रिपरिषदको सबैभन्दा महत्वपूर्ण मन्त्रीका रुपमा लिइन्छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ८ : ०२ बजे

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको

कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत