पर्यटकको आकर्षण बन्दै वेदकोट ताल र बैजनाथ बाबा मन्दिर (तस्बिरहरू)  « Khabarhub

पर्यटकको आकर्षण बन्दै वेदकोट ताल र बैजनाथ बाबा मन्दिर (तस्बिरहरू) 


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका–३ स्थित वेदकोट ताल र ऐतिहासिक बैजनाथ बाबा मन्दिर आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित हुँदै गएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दैजी चोकबाट करिब सात किलोमिटर उत्तरमा रहेको वेदकोट तालको प्राकृतिक सुन्दरताले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

ताल परिसरमा निर्माण गरिएको भ्यू टावर, पिकनिक स्पट तथा धार्मिक कोरिडोरले यस क्षेत्रको आकर्षण थप बढाएका छन् । प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यस क्षेत्रले घुमफिर र धार्मिक भ्रमणका लागि उपयुक्त गन्तव्यको पहिचान बनाउँदै गएको छ ।

वेदकोट ताल र बैजनाथ बाबा मन्दिरले कञ्चनपुरको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ९ : ३० बजे

अस्वीकृति र अपमान चिर्दै बलिउडमा उदाएकी विद्या बालन

बलिउडमा कुनै समय यस्तो थियो, जहाँ अभिनेत्रीको अभिनय क्षमताभन्दा उनको

पर्यटकको आकर्षण बन्दै वेदकोट ताल र बैजनाथ बाबा मन्दिर (तस्बिरहरू) 

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका–३ स्थित वेदकोट ताल र ऐतिहासिक बैजनाथ

शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र पीडितलाई न्याय दिन प्रचण्डको आग्रह

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति

ट्रम्पले उठाए अमेरिकी ब्याजदरमाथि प्रश्न, के भने ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आर्थिक वृद्धिदरको उदाहरण दिँदै

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं– चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिक मोटरसाइकल