अमेरिकाले ताइवानको साथ छाड्दैन : अमेरिकी सभामुख पेलोसी « Khabarhub

अमेरिकाले ताइवानको साथ छाड्दैन : अमेरिकी सभामुख पेलोसी


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै मंगलबार अबेर ताइवान पुगेकी पेलोसीले ताइवानी नेताहरूसँगको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताइन् ।

राष्ट्रपति साई इङ्ग वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभर लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरिन् ।

अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनी वरिष्ठ अमेरिकी अधिकारी हुन् ।

कम्युनिस्ट शासित चीनले ताइवानी भूमिमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः कब्जा गर्न सक्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : ३० बजे

गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि

चितवन– आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ

रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई जिम्मेवारीबाट

एलजी नेपालको नयाँ एलजी एआई टीभी शृङ्खला सार्वजनिक

काठमाडौँ– एलजी नेपालले नेपालमा नयाँ पुस्ताको एलजी एआई टीभी शृङ्खला सार्वजनिक गरेको छ। 

पृथ्वी सुब्बासहित महेश बस्नेत धनगढीतिर, विरोधमा युवाको प्रदर्शन

काठमाडौं- नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलालीको धनगढीतिर लागेका

लिभर ट्रान्सप्लान्टेसन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सम्पन्न

काठमाडौं– लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सम्पन्न भएको