नेपाल एयरलाइन्सबाट मुम्बई उड्न लागेका एक अभियुक्त पक्राउ « Khabarhub

नेपाल एयरलाइन्सबाट मुम्बई उड्न लागेका एक अभियुक्त पक्राउ


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान नं ४०१ विमानमार्फत भारतको मुम्बई उड्न लागेका कैलालीको धनगढीका सन्तोषकुमार लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा लामिछानेलाई विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। उनले भने, “सो व्यक्ति भाग्न लागेको भन्ने सूचना कैलाली प्रहरीबाट प्रहरी प्रधान कार्यालयलाई सूचना आयो । विमानस्थलबाट विमान चढिसकेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको हो । विमानस्थलबाट हिरासतमा लिएर हाल गौशला प्रहरीमा राखिएको छ, थप अनुसन्धानका लागि कैलाली पठाउने तयारी भइरहेको छ ।”

प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली विमानस्थलबाट अभियुक्तलाई पक्राउ गरेको हो । श्रीमान् श्रीमतीसँगै मुम्बई जान लागेको अवस्थामा पक्राउ गरिएको हो । ब्युरोको टोलीले विमानस्थल सुरक्षा प्रहरी कार्यालय र नेपाल एयरलाइन्ससँग समन्वय गरी जहाजको उडान रोकेर अभियुक्त पक्राउ गरिएको थियो । सुनचाँदी व्यवसायमा संलग्न अभियुक्त लामिछाने चोरीको घटनामा संलग्न भएको आरोप छ । अनुसन्धान चलिरहेका बेला भाग्न लागेको भन्ने खबर प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विमानमा चालक दलका सदस्यसहित १४१ सवार रहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार दिउँसो १ बजेर १० मिनेटको उडानबाट मुम्बई उड्न लागेका अभियुक्त लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल एयरलाइन्सको उक्त जहाज दुई घण्टापछि अर्थात् दिउँसो ३ बजेर १० मिनेटमा मुम्बई उडेको छ । उडान भर्न लागेको विमान मात्रै डिले भएको अन्य उडानमा कुनै अवरोध नभएको महाप्रबन्धक ठाकुरले बताए। विमानस्थलको सबै उडान नियमितरुपमा सञ्चालन भइरहेको पनि उनले जानकारी दिए।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : २२ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र