‘मिथ्या अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम सचेत हुनुपर्छ’ | Khabarhub Khabarhub

‘मिथ्या अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम सचेत हुनुपर्छ’


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचनका समयमा मिथ्या र घृणास्पद अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम क्रियाशील हुनुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले आज ‘निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रणमा सञ्चार जगतको भूमिका’ विषयक अन्तर्क्रियामा यस्ता अभिव्यक्ति रोक्नमा क्रियाशील हुनुपर्नेमा जोड दिइएको हो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका समयमा सञ्चारमाध्यमले पूर्ण रुपमा आचारसंहिताको पालना गरी मिथ्या तथा घृणास्पद अभिव्यक्ति रोक्नुपर्ने बताए। “निर्वाचनको समयमा व्यावसायिक सञ्चारमाध्यमले भन्दा पनि पत्रकारको आवरणमा गैरपत्रकारले मिथ्या सूचना सम्प्रेषण हुने गरेको पाइएको छ”, उनले भने, “सामाजिक सञ्जालबाट हुने भ्रामक तथा मिथ्या सूचना नियन्त्रणमा राज्यले नै विशेष पहल गर्नुपर्छ ।”

सामाजिक सञ्जाल नियन्त्रण गर्नका लागि छुट्टै संयन्त्र बनाएर जानुपर्ने उल्लेख गर्दै उनले प्रेस काउन्सिल सरकार र सञ्चारमाध्यमको पुलका रूपमा काम गर्ने भएकाले कानुनी परिधिभित्र रहेर काम गर्न सकिने बताए।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा सञ्चारमाध्यमले मिथ्या तथा गलत सूचना प्रवाहलाई रोकेर सही सूचना मात्र सम्प्रेषण गर्नुपर्ने बताए। उनले निर्वाचनका समयमा बढी मात्रामा यस्ता सूचना फैलन हुनाले यसबारेमा सबै सचेत हुनुपर्ने धारणा राखे।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले मिथ्या, भ्रमपूर्ण सूचना सञ्चारमाध्यमभन्दा बाहिरबाट हुने गरेको हुनाले यस्ता सूचना नियन्त्रण गर्न कठिन रहेको बताए। “मिथ्या, भ्रमपूर्ण सूचना नियन्त्रण कसले गर्छ त ?, आज मिडियाभन्दा बाहिरका अन्य पक्ष यसमा संलग्न छ”, उनले भने, “यस्ता पक्षलाई कसरी नियन्त्रण गर्ने ?, भ्रामक सूचनाबाट जोगिन गाह्रो छ ।”

नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतले आर्थिक, राजनीतिक र सूचना प्रविधिको विकासले गर्दा निर्वाचनमा मिथ्या सूचना सम्प्रेषण हुने गरेको र सञ्चारमाध्यमले यस्ता कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

अनलाइन खबर डटकमका सम्पादक शिव गाउँलले सञ्चारमाध्यमले निर्वाचनका समयमा मिथ्या तथा भ्रामक समाचार सम्प्रेषण गर्नबाट रोके पनि अहिले पाठक आफैँ पनि ठूलो सञ्चारमाध्यम भएर बसेको बताए। उनले सूचना प्रविधिको समयमा पत्रकारको हातमा मात्र नियन्त्रण गर्ने संयन्त्र नभएको अनुभव सुनाए।

घटना र विचारका सम्पादक बबिता बस्नेतले निर्वाचनका समयमा सञ्चारमाध्यमले भन्दा पनि सामाजिक सञ्जालबाट यस्ता भ्रामक र मिथ्या अभिव्यक्ति आउने गरेको अनुभव सुनाइन्।

कार्यक्रममा अधिवक्ता सन्तोष सिग्देलले ‘निर्वाचनमा मिथ्या, गलत सूचना र घृणास्पद अभिव्यक्ति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा निर्वाचनका समयमा र अन्य समयमा पनि यस्ता खालका सूचना सञ्चारमाध्यमबाट बढी सम्प्रेषण भएको उल्लेख छ ।

मञ्चका अध्यक्ष भक्त विश्वकर्माले निर्वाचनमा समयमा सञ्चारमाध्यमबाट मिथ्या, गलत र घृणास्पद अभिव्यक्ति प्रवाह नहोस् भन्ने उद्देश्यले उक्त विषय नियन्त्रणका लागि छलफलको प्रारम्भ गरेको बताए।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ०६ बजे

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं– आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’

संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी

संविधानले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा