पेस्तोल र पहेलो धातुसहित धादिङबाट दुई जना पक्राउ | Khabarhub Khabarhub

पेस्तोल र पहेलो धातुसहित धादिङबाट दुई जना पक्राउ


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धादिङ– जिल्ला प्रहरी कार्यालय धादिङले पेस्तोल र सुन जस्तो देखिने पंहेलो धातुसहित २ जनालाई पक्राउ गरेको छ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ का बेगबहादुर तामाङ र शोभा तामाङलाई पक्राउ गरेको हो ।

लपाङफेदीबाट धादिङवेशीं आउँदै गरेको मुस्ताङ फोर्स चेकजाँच गर्ने क्रममा सुन जस्तो पंहेलो धातु र डलर जस्तो देखिने नोटहरु सहित उनीहरुलाई प्रहरीले पक्राउ परेका हुन् ।

प्रहरीले गाडी चेकजाँच गर्ने क्रममा उनिहरुको झोलाबाट एक किलो फाईन गोल्ड ९९९.९ लेखिएको विस्कुट आकारको सुन जस्तो पंहेलो धातु एकथान र अमेरीकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान, एक सय दरका नोट २ सय ६३ थान र मोवाईल २ थान सहित पक्राउ गरेको गरेको छ ।

पक्राउ परेका २ जनालाई म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यस्तै बेगबहादुर तामाङको घरमा लुकाईछिपाई राखेको अवस्थामा २ थान पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने २० राउण्ड गोली, कटुवा पेस्तोल एक थान, विस्कुट जस्तो देखिने सुन जस्तो पंहेलो धातु ५ थान पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक रञ्जन अवाले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : २९ बजे

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई