मुलुकको समृद्धिका लागि खनिज  पदार्थको योगदान महत्वपूर्ण : मन्त्री पोखरेल « Khabarhub

मुलुकको समृद्धिका लागि खनिज  पदार्थको योगदान महत्वपूर्ण : मन्त्री पोखरेल


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि खनिज तथा यसमा आधारित खानीहरुले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् । मन्त्री पोखरेलले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको विराट अभियानमा खनिज तथा यसमा आधारित खानीहरुले उल्लेख्य योगदान दिन सक्ने पनि स्पष्ट पारे ।

सोमबार त्रिभुवन विश्वविद्यालय भूगर्भशाष्त्र केन्द्रिय विभागले काठमाडौंमा आयोजना गरेको तेस्रो भू–विज्ञान प्रर्दशनीको उद्घाटन गर्दै उहाँले भूगर्भ शास्त्रीहरुलाई भूकम्पीय जोखिम न्यूनिकरणका लागि आवश्यक सुझाव सरकारलाई दिन पनि आग्रह गरे । राष्ट्रिय पुनर्निर्माणको यस अभियानमा भूगर्भविद्हरुले दिएको सुझाव महत्वपूर्ण हुने मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले भूवनावटको जोखिमलाई अध्ययन गरेर मात्रै भवन निर्माणको कामलाई अघि बढाउन पनि सबैलाई अपिल गरे । प्रर्दशनीमा भूकम्पीय जोखिम र यसको न्यूनिकरणका उपायबारे विस्तृत जानकारी लिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा