सिन्धुपाल्चोकका अधिकांश फार्मेसी दर्ताबिनै सञ्चालन « Khabarhub

सिन्धुपाल्चोकका अधिकांश फार्मेसी दर्ताबिनै सञ्चालन


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका निजी मेडिकल तथा फार्मेसीहरू नियमअनुसार नचलेको पाइएको छ ।प्रशासनको अनुगमनका क्रममा कतिपय फार्मेसी र मेडिकल त दर्ता र अनुमतिबिनै सञ्चालन भइरहेको फेला परेका छन् । फार्मेसी सञ्चालकले औषधि पनि दाल चामल बेचे जसरी बेचिरहेको समेत फेला परेको छ । फार्मेसी पढेकाले मात्रै औषधि बेच्न पाउने भए पनि जोसुकैले बेचिरहेको समेत फेला परेको छ ।

धेरैजसो निजी फार्मेसी र मेडिकल स्वास्थ्य संस्थामा काम गर्ने अहेब र अनमीले सञ्चालन गरे पनि उनीहरूले अरूलाई नै राख्ने गरेको पाइएको छ । मेलम्ची, चौतारा, खाडीचौर, बाह्रबिसे जस्ता मुख्य बजारमा समेत दर्ता नगरी र अर्काको अनुमति पत्र भाडामा लिएर समेत औषधि पसल सञ्चालन भइरहेको पाइएको छ । यस्तो तथ्य फेला पर्दा समेत प्रशासनले कारबाही नगरेको स्थानीयको आरोप छ । स्थानीय रिता सापकोटा भन्छिन्, ‘नियम विपरित सञ्चालनमा रहेका औषधि पसलहरू र अनुमति पत्र भाडामा लगाउनेहरूलाई अनुगमनमा भेट्दा समेत प्रशासनले कारबाही गर्न सकेको छैन ।’

फार्मेसी व्यवसाय गर्ने व्यक्तिले नेपाल फार्मेसी परिषद्ले लिने लाइसेन्स परीक्षामा उत्तीर्ण गर्नुपर्छ । विना लाइसेन्स औषधि पसल सञ्चालन गरे औषधि ऐन ०३५ र  नेपाल फार्मेसी परिषद् ऐन ०५७ ले गैर कानुनी ठहर गर्छ ।

सिन्धुपाल्चोकका धेरैजसो फार्मेसीमा लाइसेन्सप्राप्त व्यक्ति नबसी आफन्त बस्ने गरेका छन् । जथाभाबी वितरण हुने एन्टिबायोटिक र औषधिका कारण नागरिकको स्वास्थ्यमा खेलबाड भइरहे पनि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँग कति निजी फार्मेसी र मेडिकल सञ्चालन छन् भन्ने यकिन तथ्याङ्क समेत छैन ।

स्थानीय तहका स्वास्थ्य शाखाले तथ्याङ्क सङ्कलन गरेका छैनन् भने कार्यालयले पनि खोजी नगरेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सेवक नेपालले बताए । अवैधानिक मेडिकललाई आफूहरूले सचेत बनाउने काम गरेको नेपालको भनाइ छ ।

बजार अनुगमन गर्दा हल्ला धेरै हुने तर कारबाही शून्यको अवस्था छ । मापदण्ड पूरा नगर्ने र अवैधानिक तवरले सञ्चालन गरिरहेका फार्मेसीले अनुगमन टोली पुगेको सूचना पाउने बित्तिकै सटर लगाएर भाग्ने गरेकाले यसलाई कडाइ गर्ने सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ५ : २२ बजे

अब्राहम लिङ्कन विमानवाहक पोतमा के भएको हो ?

वाशिङ्टन- अमेरिकी नौसेनाको विमानवाहक पोत युएसएस अब्राहम लिङ्कनभित्रको अवस्थालाई लिएर

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान