‘शान्ति, समृद्धि र विकासमा दलहरूबीच  प्रतिष्पर्धा हुन्छ’  « Khabarhub

‘शान्ति, समृद्धि र विकासमा दलहरूबीच  प्रतिष्पर्धा हुन्छ’ 


१९ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरूबीच प्रतिष्पर्धा हुने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने पनि बताए ।  विश्वकर्माले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता भएको उल्लेख गरे । कांग्रेसले स्थानीय तहको निर्वाचनमा ०७४ को भन्दा राम्रो नतिजा र परिणाम ल्याएको भएपनि आफू अझै सन्तुष्ट नभएको उनको भनाई छ । उनले प्रधानमन्त्री देउवाले कार्यव्यस्तताको कारण अमेरिकाको भ्रमण नगरेको स्पष्ट पारे ।

त्यस्तै एमालेका सचिव टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरूप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समीक्षा हुनुपर्ने बताए ।  निर्वाचनमा कसले जित्छ भनेर अहिले अड्कलबाजी गर्ने बेला नभएको उनको टिप्पणी थियो । नेता रायमाझीले आफूहरूको लक्ष्य र कार्यदिशा भनेको नै समाजवादमा पुग्ने रहेको जिकिर गरे ।

नेता रायमाझीले अहिले राष्ट्रियतामाथि सबभन्दा ठूलो संकट आएको पनि टिप्पणी गरे । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरू आआफ्ना एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ६ : २० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि