महिलाको नाममा जग्गा पास गर्दा दुई करोड राजस्व छुट | Khabarhub Khabarhub

महिलाको नाममा जग्गा पास गर्दा दुई करोड राजस्व छुट


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा दुई करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ । मालपोत कार्यालयमा चार हजार दुई सय ५७ महिलाको नाउँमा जग्गा नामसारी गर्दा उक्त राजस्व छुट भएको हो । सहरी क्षेत्रका तीन हजार ११ र ग्रामीण क्षेत्रका एक हजार दुई सय ४५ महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिने प्रावधानअनुरूप छुट पाएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । 

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण र सहरी क्षेत्रका गरी दुई सय २३ दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास भएको छ । दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास गर्दा रु ११ लाख २१ हजार दुई सय ११ राजस्व छुट गरिएको उनले बताए । त्यसैगरी मालपोत कार्यालय तनहुँले आर्थिक वर्ष २०७८/७९ मा कूल ४३ करोड २७ लाख ६८ हजार सात सय ४४ राजस्व संकलन गरेको छ ।

कार्यालयले दिएको जानकारीअनुसार राजिनामातर्फ २४ करोड ६५ लाख ४१ हजार नौ सय ५८, धितोतर्फ चार करोड ६१ लाख २५ हजार पाँच सय ३५, पुँजीगत लाभकरतर्फ रु १४ करोड एक लाख एक हजार दुई हजार ५१ राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ । मालपोत कार्यालयबाट संकलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय पालिकामा पठाइने मालपोत कार्यालय तनहुँका प्रमुख पौडेलले जानकारी दिए । 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ७ : ५१ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको