चिनियाँ नागरिकलाई अपहरण गरी लुटपाट गर्ने ६ जना पक्राउ | Khabarhub Khabarhub

चिनियाँ नागरिकलाई अपहरण गरी लुटपाट गर्ने ६ जना पक्राउ


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका साथै अपहरणमा संलग्न छ जनालाई आज राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गोरखा आरुघाटका ३७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखा सिरानचोकका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही लालबन्दीका २९ वर्षीय रोहित मगर, प्यूठान बागदुलाका २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरीका २७ वर्षीय विनोद केसी र बर्दिया राजापुरका २८ वर्षीय शिव सुनार रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिनियाँ भाषाका दोभासेसमेत रहेका ओखलढुङ्गाका २६ वर्षीय सूर्यबहादुर राईलाई बोलाएर चिनियाँ नागरिक याङलाई बोलाउन लगाई नयाँ बसपार्कस्थित मित्रनगरको न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजमा बन्धक बनाएकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ व्यक्तिले चिनियाँ व्यक्तिसँग रु एक करोड फिरौती मागेकोसमेत अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताए । प्रहरीले पक्राउ परेका व्यक्तिसँग रु आठ लाख १४ हजार ९०० नगद, २६ थान मोबाइल र हतकडी एक थान बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ९ : ३५ बजे

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई