सुर्खेतबाट ब्राउन सुगरसहित श्रीमान् श्रीमती पक्राउ « Khabarhub

सुर्खेतबाट ब्राउन सुगरसहित श्रीमान् श्रीमती पक्राउ


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढाक्षेत्रीलाई आज दिउँसो १:३० बजे पक्राउ गरेको हो ।

नौमूले गाउँपालिका–२ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत गुरुङ चोकस्थित बाटु सार्कीको घरमा कोठा भाडा लिई बसेका उनीहरुलाई सोही स्थानबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले शङ्कास्पद अवस्थामा कोठामा बसिरहेका श्रीमान् श्रीमतीलाई जाँच गर्दा बुढाक्षेत्रीका साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ एक पोका फेला पारी बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ९ : ४४ बजे

जुम्लाबाट ज्ञानेन्द्र शाहीको अठोट : हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ

जुम्ला- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रवादी शक्तिहरूलाई उच्च

नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन आवश्यक

एमालेका अन्तिम पदाधिकारी पनि हारनजिक, श्रमसंस्कृतिले भोजपुरबाट अर्को सीट थप्दै

काठमाडौं- नेकपा एमालेका अध्यक्षदेखि अधिकांश पदाधिकारी बढारिएको अवस्थामा अन्तिम आशा