निजगढ विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ टोली गठन « Khabarhub

निजगढ विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ टोली गठन


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ।

बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षतामा  १० जना विज्ञलाई समेटेर टोली गठन गरेको हो।

सर्वोच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरु गर्न आदेश दिएको थियो । सर्वोच्चको सो आदेश दिएको एक महिना पछि सरकारले विज्ञ टोली गठन गरेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा जानकारी लिन खोजेको हो । देउजा नेतृत्वको सो टोलीमा पूर्वअर्थसचिव रामेश्वर खनाल र पूर्वाधारविद् सूर्यराज आचार्यलगायत सदस्य रहेका छन्।

सर्वोच्च अदालतकै आदेशअनुसार मन्त्रिपरिषद्बाट विज्ञ टोली गठन गरिएको पर्यटनमन्त्री जीवनराज श्रेष्ठले बताए। उनका अनुसार समितिलाई निजगढ विमानस्थलको स्थलगत अध्ययन समेत गरेर आफ्नो प्रतिवेदन पेस गर्नका लागि एक महिनाको समय दिइएको छ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ०१ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने