काठमाडौँ उपत्यकामा मापसे गरी सवारी चलाउने ११ सयभन्दा बढी कारबाहीमा  « Khabarhub

काठमाडौँ उपत्यकामा मापसे गरी सवारी चलाउने ११ सयभन्दा बढी कारबाहीमा 


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनको संख्या पछिल्ला दिन बढ्न थालेको छ ।

पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी चलाउने १ हजार १०८ जना सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बितेको एक सातमा औषतमा प्रत्येक दिन १५८ जनाभन्दा बढी सवारी चालक मापसे गरी सवारी चलाएको अवस्थामा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

मापसे गरी सवारी चलाउनेमा नीति सवारी साधन चलाउने देखि स्कुलको बस चलाउने  सवारी चालकसम्म रहेका छन् । शुक्रबार र शनिबारको दिन सबैभन्दा बढी मापसे गरी सवारी चलाउने भेटिने गरेको कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो एक साताको अवधिमा ट्राफिक प्रहरीले जाँच गर्दा साउन १३ गते २३४, १४ गते १९८, १५ गते ११८, १६ गते ११५, १७ गते १४२, १८ गते १४७ र १९ गते १५४ जना सवारी चालक मापसे गरी सवारी साधन चलाएको अवस्थामा भेटिएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : ५५ बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक