तनहुँमा तीन अर्ब १२ करोड विकास बजेट खर्च « Khabarhub

तनहुँमा तीन अर्ब १२ करोड विकास बजेट खर्च


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो । उक्त अवधिमा जिल्लामा तीन अर्ब १२ करोड ६१ लाख नौ हजार आठ सय ३५ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रमुख कोष नियन्त्रक किशोरकुमार श्रेष्ठका अनुसार उक्त वर्ष खर्च हुन नसकेर दुई अर्ब ८२ करोड ७५ लाख ३६ हजार आठ सय ५५ फिर्ता भएको छ ।

संघ सरकारबाट दुई अर्ब २३ करोड ७७ लाख ९९ हजार छ सय एक खर्च हुन नसकी फिर्ता भएको छ भने प्रदेश सरकारबाट ५८ करोड ९७ लाख ३७ हजार दुई सय ५४ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । संघ सरकारबाट उक्त वर्ष विकास बजेटतर्फ तीन अर्ब ६२ करोड २९ लाख ६३ हजार छ सय ९० विनियोजन भएको थियो । उक्त वर्ष एक अर्ब ३८ करोड ५१ लाख ६४ हजार ८९ मात्रै खर्च भएको कार्यालयले जनाएको छ । 

प्रदेश सरकारबाट विकास बजेटतर्फ दुई अर्ब ३३ करोड ६ लाख ८३ हजार विनियोजन भएकामा एक अर्ब ७४ करोड नौ लाख ४५ हजार सात सय ४६ मात्रै खर्च भएको छ । संघ सरकारको विकास बजेटखर्च ३८ प्रतिशत र प्रदेश सरकारको ७४.६८ प्रतिशत छ । 

चालुतर्फ भने ९५ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ आठ अर्ब ६२ करोड २८ लाख दुई हजार आठ सय ८७ बजेट खर्च भएको छ । चालुतर्फ कर्मचारी, शिक्षक लगायतको बजेट रहने भएकाले खर्च बढी हुने गरेको कार्यालयले जनाएको छ । प्रदेश सरकारबाट चालुतर्फ ८५ करोड ४४ लाख ३३ हजार र पूँजीगततर्फ दुई अर्ब ३३ करोड छ लाख ८३ हजार विनियोजन भएको थियो ।

सङ्घ सरकारअन्तर्गत भानुभक्त प्राणी उद्यानले पूँजीगततर्फ एक करोड ७२ लाख ३० हजार छ सय १६, सडक डिभिजन कार्यालयले ४३ करोड ७९ लाख ८५ हजार आठ सय ८०, मुग्लिङ पोखरा सडक योजनाले ५७ करोड चार लाख ४२ हजार ९६, जगदल गणले एक करोड २० लाख नौ हजार ७७, नयाँ शहर आयोजना कार्यालयले १० करोड ३४ लाख ७१ हजार छ सय सात, शिक्षा विकास तथा समन्वय इकाईले छ करोड ५५ लाख ४८ हजार सात सय ५१, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले एक करोड ३८ लाख छ हजार दुई सय दुई खर्च गरेको छ । 

भानु नगरपालिकाले एक करोड ८६ लाख नौ हजार, भिमाद नगरपालिकाले एक करोड ४४ लाख २७ हजार छ सय नौ, व्यास नगरपालिकाले ५५ लाख १७ हजार तीन सय १२, ऋषिङ गाउँपालिकाले ७५ लाख ७० हजार, देवघाट गाउँपालिकाले एक करोड २३ लाख ३० हजार छ सय सात र म्याग्दे गाउँपालिकाले एक करोड ४१ लाख ८० हजार पाँच सय १३ खर्च गरेको छ ।

प्रदेश सरकारअन्तर्गत भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले दुई करोड ९० लाख ३१ हजार एक सय ५१, डिभिजन वन कार्यालयले एक करोड ६४ लाख ९९ हजार ४८, भू तथा जलाधार व्यवस्थापन कार्यालयले चार करोड २९ लाख ९८ हजार पाँच सय ३४, पूर्वाधार विकास कार्यालयले ८३ करोड ३४ लाख पाँच हजार चार सय २६, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले १६ करोड ३६ लाख ५७ हजार चार सय १३, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ५८ लाख ५६ लाख छ हजार चार सय चार खर्च गरेको छ । 

कालिगण्डकी बहुप्राविधिक शिक्षालयले एक करोड १७ लाख ५५ हजार सात सय १६, सामाजिक विकास कार्यालयले दुई करोड ५२ लाख ४२ हजार दुई सय ९१, दमौली अस्पतालले ४५ लाख ७५ हजार तीन सय २४, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १६ लाख ४३ हजार दुई सय ३५ खर्च गरेको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  २ : ०० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका