‘चीन-ताइवान तनावलाई नजिकबाट नियालिरहेका छौँ’ « Khabarhub

परराष्ट्र मन्त्रालयले भन्यो:

‘चीन-ताइवान तनावलाई नजिकबाट नियालिरहेका छौँ’

एक चीन नीतिप्रति प्रतिबद्ध, परराष्ट्रमन्त्रीको भ्रमणलाई तनावसँग नजोड्न आग्रह


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उक्त कुरा बताएकी हुन् ।

‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपाल सभैभर एक चीन नीतिको समर्थन गर्दै आएको छ,’ प्रवक्ता लम्सालले भनिन् ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यसैसाता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान र चीन–अमेरिका सम्बन्धमा तनाव बढेको छ ।

पेलोसीले ताइवानको भ्रमण गरेको जवाफमा अहिले चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानको सीमा नजिक मिसाइल समेत प्रहार गरेको छ ।

‘दुवै मुलुक (नेपाल र चीन) ले एक अर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन्,’ परराष्ट्र प्रवक्ता लम्सालले भनिन्, ‘एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको जानकारी गराउन चाहन्छु ।’

पत्रकार सम्मेलनमा उनले परराष्ट्र मन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म गर्ने चीन भ्रमणलाई चीन–ताइवान बढ्दो तनावसँग जोडेर नहेर्न आग्रह गरिन् ।

‘घटना पछि भएको हो, परराष्ट्र मन्त्रीको चीन भ्रमणको तयारी धेरै पहिला देखि सुरु भएको हो,’ उनले भनिन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  २ : २३ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही