सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाइने « Khabarhub

सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाइने


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त बनाइने कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगको खाँचो औँल्याए । 

हाल २५ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले आगामी चार वर्षभित्र सबै स्थानीय तहमा अभियान गरिने बताए । मन्त्रालयका निमित्त सचिव श्यामसुन्दर यादवले स्थानीय तहले हरेक घरमा यस्ता रोगी खोजी गरेर केन्द्रमा तथ्यांक उपलब्ध गराएमा छिटोछरितो औषधि उपलब्ध गराउन सकिने बताए । जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य र समन्वय गरी उक्त अभियान अगाडि बढाउन सकेमा धेरै सर्वसाधारण लाभान्वित हुने विचार व्यक्त गरे । 

विज्ञहरु डा दीर्घसिंह बम, डा राजेन्द्र पन्त, डा महेश्वर श्रेष्ठलगायतले विगतमा व्यवस्थापकीय कमजोरीले उक्त रोगबाट गत वर्ष १७ हजार मानिसको मृत्यु भएकामा अब यसलाई न्यूनीकरण गर्न आवश्यक रणनीति बनाउनुपर्नेमा जोड दिए । विभिन्न प्रदेशका प्रतिनिधिको प्रस्तुति रहेको उक्त कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक सञ्जयकुमार ठाकुरले क्षयरोगमुक्त नेपाल अभियानबारे चर्चा गरे । 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : २७ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल