सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाइने « Khabarhub

सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाइने


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त बनाइने कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगको खाँचो औँल्याए । 

हाल २५ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले आगामी चार वर्षभित्र सबै स्थानीय तहमा अभियान गरिने बताए । मन्त्रालयका निमित्त सचिव श्यामसुन्दर यादवले स्थानीय तहले हरेक घरमा यस्ता रोगी खोजी गरेर केन्द्रमा तथ्यांक उपलब्ध गराएमा छिटोछरितो औषधि उपलब्ध गराउन सकिने बताए । जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य र समन्वय गरी उक्त अभियान अगाडि बढाउन सकेमा धेरै सर्वसाधारण लाभान्वित हुने विचार व्यक्त गरे । 

विज्ञहरु डा दीर्घसिंह बम, डा राजेन्द्र पन्त, डा महेश्वर श्रेष्ठलगायतले विगतमा व्यवस्थापकीय कमजोरीले उक्त रोगबाट गत वर्ष १७ हजार मानिसको मृत्यु भएकामा अब यसलाई न्यूनीकरण गर्न आवश्यक रणनीति बनाउनुपर्नेमा जोड दिए । विभिन्न प्रदेशका प्रतिनिधिको प्रस्तुति रहेको उक्त कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक सञ्जयकुमार ठाकुरले क्षयरोगमुक्त नेपाल अभियानबारे चर्चा गरे । 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : २७ बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक