‘इथियोपियामा दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो’ : राष्ट्रसङ्घ « Khabarhub

‘इथियोपियामा दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो’ : राष्ट्रसङ्घ


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, ओएचसीएचएले दुई करोडभन्दा बढी इथियोपियालीलाई मानवीय सहायताको खाँचो रहेको पाइएको बताएको हो ।

सन् २०२२ मा यी इथियोपियालीलाई उक्त सहयोग आवश्यक रहेको पनि बताइएको छ । प्राप्त समाचारअनुसार यसरी सहायताको आवश्यकता परेका मानिसहरुमध्ये कम्तीमा पनि दुई तिहाई जति महिला तथा बालबालिका रहेका छन् ।

सन् २०२१ मा इथियोपियाको मानवीय अवस्था निकै खस्किँदो रहेकाले मानवीय सहायताको खाँचो यस वर्ष झन् धेरैलाई परेको सो एजेन्सीले बताएको छ ।

यहाँ आन्तरिक द्वन्द्व, खडेरी तथा कतै बाढी पहिरोका कारण यहाँका नागरिकमा मानवीय सहायताको खाँचो बढ्दै गएको पाइएको ओचाले जनाएको छ ।

केही वर्षदेखि यहाँ आन्तरिक द्वन्द्व जारी रहेको छ । त्यस्तै खडेरी आदिका कारण पनि यहाँ खेती उब्जनीमा समस्या परेको छ । जसका कारण मानवीय सहायताको खाँचो झन् बढ्दै गएको पाइएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : २५ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात