कृषि कार्यालय जुम्लाद्वारा काँचो स्याउको निर्यात रोक्न पालिकास्तरीय समन्वय « Khabarhub

कृषि कार्यालय जुम्लाद्वारा काँचो स्याउको निर्यात रोक्न पालिकास्तरीय समन्वय


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको कृषि विकास कार्यालयले स्याउ निर्यातको लागि पालिका स्तरका कृषि शाखा, पालिका उत्पादित किसान र व्यापारीसँग छलफल गरेको छ । जुम्ला जिल्लाको पहिचानको रूपमा रहेको स्याउ काँचो निर्यात गर्दा पहिचान गुम्न सक्ने खतरालाई मध्यनजर गर्दै  कृषि कार्यालयले यस्तो खालको छलफल गरेको हो ।

विगतका वर्षमा किसानले स्याउबाट बढी आम्दानी पाउने आशाले काँचो स्याउ टिपेको गुनासोलाई मध्यनजर गर्दै यस वर्ष कृषि कार्यालय जुम्लाले साउनको पहिलो सातामा जुम्लाका आठ वटै स्थानीय तहका कृषि शाखाका प्रमुख, ठूला किसान र व्यापारीबीच स्याउको बजारीकरण र निर्यातको लागी सरोकारवालाबीच बैठक गरेको कृषि विकास कार्यालयका निमित्त प्रमुख  गणेश अधिकारीले बताए । 

‘स्याउ परिपक्व भएपछि मात्रै टिप्दा राम्रो र गुणस्तर हुने भएकाले  सम्बन्धित पालिकालाई स्याउ टिप्ने समय तोक्ने अधिकार दिइएको थियो,’ उनले भने ।  उनले जुम्ली स्याउले हाल कलर मात्रै हालेको बताए । गुलियोपना भरिन अझै २० प्रतिशत बाँकी छ । तर किसानले बढी पैसा कमाउने दाउले परिपक्व नहुँदै स्याउ नेपालगन्ज काठमाडौं पठाउने  गरेका छन् । उनले भने,  ‘यसले गर्दा स्याउको बजारीकरणमा दीर्घकालीन असर पर्ने निश्चित छ ।’

किसानको आर्थिक अवस्था, र  स्याउको गुणस्तरलाई  मध्यनजर गरी स्याउ निर्यातको लागी  मिति तोक्ने जिम्मा  सम्बन्धित पालिकाको कृषि शाखाले नै  दिइएको छ । यसको समन्वय गर्नका लागी  प्रशासन, प्रहरी, पत्रकार महासंघ सहितको टोली  लिएर  कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारी  हिमा, तिला, गुठीचौर, र पातारासी गाउँपालिकामा पुगेका हुन् । निमित्त प्रमुख अधिकारीका अनुसार  गुठीचौरले भदौ एक गतेपछि मात्रै किसानलाई स्याउ निर्यात गर्न दिने भएको छ ।

त्यस्तै पालिकारासी गाउँपालिकाको कृषि शाखाले  भदौ  ८ गते  पछि स्याउ निर्यात गर्ने निर्णय गरेको छ ।  त्यस्तै हिमागाउँपालिकाले तल्लो भेगका किसानको लागी भदौ एक गते र माथिल्लो लेकाली भेगका स्याउ किसानको लागी भदौ ५ गते स्याउ टिप्ने समय दिएको छ ।

जिल्ला कृषि विकास कार्यालयले भदौ १० गतेसम्म स्याउ नटिप्न सबै किसानलाई अनुरोध तथा चोरी निकासीलाई रोक्न प्रहरी  स्थानीय कृषि शाखालाई पत्राचार समेत  गरेको छ । तर तिला गाउँपालिकाको ५० प्रतिशत स्याउ निर्यात भइसकेको पाइएको छ । गाउँपालिकाका जनप्रतिनिधिले हचुवामै दिएका सिफारिसका भरमा काँचो स्याउ साउन मै सुर्खेत, नेपालगन्ज, काठमाडौं पुगेको छ । 

साउनमै स्याउ टिपेर बिक्री गर्ने किसान व्यापारीकै कारण जुम्लाको स्याउ खेतीलाई विस्थापित गर्ने र दीर्घकालीन रूपमा असर पर्ने निश्चित भएको छ । यसलाई रोक्न सर्वपक्षीयता बलियो संयन्त्र बनाउनु पर्ने कृषि कार्यालयको  भनाइ छ । 

लिता गाउँपालिकाबाट  काँचो स्याउ निर्यात भएर बिक्री समेत भइरहेको छ । रातो रंग भरेकै आधारमा स्याउ पाक्यो भन्नु गलत भएको  र  आगामी वर्षको लागी पालिका पूर्ण रूपमा  परिपक्व स्याउ  बजारी करणका लागी लागी गर्ने  गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए ।  उनले भने, ‘स्थानीय सरकारले भदौ दोस्रो सातासम्म स्याउ नटिप्न सूचना गर्ने गरेको थियो ।’

काँचो स्याउ निर्यात गर्दा  क्षणिक कमाई बढी हुने निश्चित व्यक्तिलाई फाइदा भए पनि समग्र जुम्लाको आर्थिक विकास कमजोर हुने र जुम्ली अर्ग्यानिक स्याउको पहिचान जोगाउनै मुस्किल हुने कृषि विज्ञहरूको  भनाइ छ ।  

 त्यस्तै जुम्लाका स्याउ किसानले  स्याउ ढिलो टिपेको खण्डमा कालिकोट  जिल्ला लगायतको स्याउले बजार पाउने , जुम्लाको स्याउले मूल्य नपाएको   गुठीचौरका किसान पूर्ण प्रसाद जैसीले बताए । उनले भने, ‘हामी स्याउ पाकिसके पछि टिप्न तयार छौँ ।’ तर स्थानीय सरकारले बजारीकरणको जिम्मा लिनु पर्ने बताए । 

स्याउ किसानले जुम्लामा  उत्पादन भएको स्याउ  सरकारले सबै निर्यात गर्ने जिम्मा लिएको खण्डमा भदौ  महिना पछि टिप्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : ४७ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।