गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट | Khabarhub Khabarhub

गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन् । केही समय अगाडि उनले सामाजिक सञ्जालमार्फत  एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइली र आफ्नो इन्गेजमेन्ट भएको बारे जानकारी दिएकी थिइन् । फेरी सामाजिक सञ्जालमार्फत नै उनले बराइलीसँगको इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरूबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ ।

‘केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा  परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि  जिन्दगीको बारेमा लामो विमर्श भयो । धेरै समीक्षा आत्मा समीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो’। उनले लेखेकी छन् ।

उनले  सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने समेत बताएकी छन् । ‘आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म  फेरि यही सामाजिक सञ्जालमार्फत सार्वजानिक गर्दछु’, उनले भनेकी छन् ।   यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति उनले माफी मागेकी छन् । 

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ६ : ४६ बजे

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर– गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा– बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको

आजबाट जसपाको संघीय परिषद् बैठक

 काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्‌याउन थालियो

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका