साउदीमा हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा  « Khabarhub

साउदीमा हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा 



दोहा – साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्।

भारतीय नागरिकको हत्या अभियोगमा ४ वर्षदेखि साउदीको दमामस्थित जेलमा रहेका भक्तपुरका कृष्ण बहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजित मण्डल र इलामका धनबहादुर तामाङ रिहा भएका हुन्।

साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरे पनि अन्य विषय मिलाउन नसक्दा जेल मुक्त हुन सकिरहेका थिएनन् । यी पाँचै जना साउदीको अदालतबाट निर्दोष साबित भई रिहा भएका सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए।

साउदीको कानुन अनुसार अभियुक्त निर्दोष साबित भएपछि क्षतिपूर्तिको दाबी गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार उनीहरूले क्षतिपूर्ति दाबी गर्ने अभियन्ता रायले बताए। साथै उनीहरू कार्यरत कम्पनीमा तलब सुविधा बाँकी रहेकाले त्यसको लागि पनि पहल गर्न उनीहरू अझै केही दिन साउदीमै बस्नुपर्ने भएको छ।

उनीहरूको रिहाइका लागि परिवार र आफन्तले २०७५ चैत्र १५ गते वैदेशिक रोजगार बोर्डमा कानुनी सहायताको लागि निवेदन दिएका थिए।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ६ : ४७ बजे

उद्यमशीलताको विकास : युवा योजना र राज्यको सहजीकरण

राज्यले आफू पुग्ने गन्तव्यलाई प्राथमिकतामा राखेर अघि बढ्न नसकेको र

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौं– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी– जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना