जापान पुगे प्रचण्ड, नारिता विमानस्थलमा राजदूतले गरे स्वागत « Khabarhub

जापान पुगे प्रचण्ड, नारिता विमानस्थलमा राजदूतले गरे स्वागत


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन्।

प्रचण्डलाई टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसहित प्रवासी नेपालीले स्वागत गरेका छन्।

पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए।

प्रचण्डले आज जापानको फुकुवामा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ। भोलि प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम छ।

जनप्रगतिशील मञ्च जापानको आयोजनामा हुने ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयका अन्तरक्रियामा सहभागी हुन प्रचण्ड जापान गएका हुन्।

प्रचण्डको सचिवालयका अनुसार उनी साउन २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : २२ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न