‘पालिकाले विद्यालयको दिवाखाजा र सेनेटरी प्याडबापतको रकम रोकेको छ’ | Khabarhub Khabarhub

 ‘पालिकाले विद्यालयको दिवाखाजा र सेनेटरी प्याडबापतको रकम रोकेको छ’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– तिला गाउँपालिकाका ३० वटा विद्यालयले विगतदेखि पाउँदै आएको दिवाखाजा र छात्राका लागी दिने सेनेटरी प्याडबापतको रकम रोकिएको बताएका छन् । गाउँँपालिकाको शिक्षा र लेखा शाखाको गैरजिम्मेवारीका कारण तेस्रो चौमासिकको रकम रोकिएको हो । दिवा खाजा कार्यक्रमको रकम विद्यालयको खातामा नआएपछि कार्यक्रम रोक्नु परेको तिलाका २७ वटा विद्यालय र तीन बालविकास केन्द्रले जनाएका छन् ।

तर, अभिभावकले भने विद्यालय र शिक्षकले नै रोकेको जस्तो व्यवहार गर्न थालेको सेतिवाडा माध्यमिक बिद्यालयका प्रधनाध्यापक यज्ञप्रसाद अधिकारीले बताए । उनले भने, ‘पालिकाले तिलाका सबै बिद्यालयको दिवाखाजासेनेटरी प्याडबापतको रकम रोकेको छ ।’

रकम रोकिएका सबै विद्यालयका प्रधानाध्यापकले यसको विरोध गरेको बताए । तर, पालिकाको शिक्षा शाखा र लेखाले चेक नकाटेको प्रतिक्रिया दिए । उनका अनुसार सेतीवाडा विद्यालयमा दुई सय ६ जना दिवाखाजा खाने विद्यार्थी छन् । एक सय ९६ जना छात्रा छन् । यहाँ जम्मा तीन सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।

६४ लाख ३४ हजार ६ सय ८० रुपैयाँ फ्रिज 
तिला गाउँपालिकाको शिक्षा शाखाका सहसंयोजक दिपेन्द्र हमालका अनुसार लेखाका कारण उक्त रकम रोकिएको हो । उनले भने, ‘हाम्रो शाखाले सबै विद्यालयको छात्रवृत्ति, दिवा खाजा, विद्यालय सञ्चालन अनुदान, पाठ्यपुस्तकलगायतको रकम बारे प्रक्रिया पूरा गरेर ७ आसारमै लेखामा पठाएको हो ।’ तर लेखाले अन्य सबै शीर्षकको चेक काटेर दिवा खाजा र सेनेटरी प्याडको रकम भने रोकेको उनको भनाइ छ । उनका अनुसार तिलाका विद्यालयहरूले पाउने दिवाखाजाको ४७ लाख, पाँच हजार ६ सय ८० रुपैयाँ र सेनेटरीप्याडको १७ लाख २९ हजार गरी ६४ लाख ३४ हजार ६ सय ८० रुपैयाँ फ्रिज गरेको हो ।

शिक्षा शाखाका सहसंयोजक  हमालका अनुसार गतवर्ष अपुग छात्रावृत्तिको रकम पालिकाले थपेको थियो । यही कारण महालेखा परीक्षकको कार्यालयले २४ लाख बेरोजु देखाएको थियो । यही रकम असुल गर्न रकम नपठाएको हुनसक्ने उनले जवाफ दिए । 

तिला गाउँपालिका-५ का पूर्व वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय सरकारले यो कार्यक्रम आफै लागू पर्नुपर्नेमा आएको रकम समेत रोक्नु गल भएको बताए । उनले यो रकम तुरुन्त मिलाउन उनले दबाब दिने बताए । 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १ : १२ बजे

प्रधानमन्त्रीले भने- देशमा चौतर्फी विकास हुँदैछ, आत्मनिर्भर बन्दैछ

ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं ललिपुरको ग्वार्कोस्थित ओभरपासको शुक्रबार

सातामा शेयरबजार : कारोबार रकम बढे पनि २६ अङ्कले गिरावट

काठमाडौँ – असार पहिलो साता अर्थात असार १ गतेदेखि ५

प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको

भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)  

काठमाडौं- प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा द युएन रिफ्युजेस एजेन्सी

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)

ललितपुर– ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली