भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी « Khabarhub

भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । मतदानको परिणाम पनि शनिबारनै सार्वजनिक गरिने बताइएको छ ।

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ । नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ । 

सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : ०१ बजे

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित