‘जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं’ « Khabarhub

‘जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) मै रहेर त्यसलाई रूपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पार्टी गन गरेको बताएका छन् ।

जसपालाई रूपान्तरण सुधारका लागि अनेक प्रयत्न, छलफल, बहस गरे पनि त्यहाँ रहेका परम्परावादी सोच भएका मानिसहरू रूपान्तरित हुन नसकेको उनको आरोप छ । ललितपुरको बालकुमारीमा नेपाल समाजवादी पार्टीले आज आयोजित कार्यक्रममा उनले जनता समाजवादी पार्टीको गत असार अन्तिम बसेको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकले पार्टीले लक्षित उद्देश्य र वैकल्पिक राजनीतिक दलको कार्यभार पूरा गर्न नसक्ने ठहर गर्दै नयाँ पार्टी नेपाल समाजवादी पार्टी गठन गरेको उनले प्रष्ट्याए

यसले वैधानिक पूर्णता पाउन अझै बाँकी रहेको र यही कारणले पार्टीको वैधानिकता पूरा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको उनले बताए ।

पार्टीले वैधानिकता प्राप्त गरेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्क विस्तार गर्ने उनको भनाइ छ । पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महेन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : १६ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर