नेपालमा बीआरआई परियोजना खारेज गर्नुपर्ने माग « Khabarhub

नेपालमा बीआरआई परियोजना खारेज गर्नुपर्ने माग


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) खारेज गर्नुपर्ने आवाज उठेको छ । राष्ट्रिय एकता अभियानद्वारा आयोजित बीआरआई विकास परियोजना की चिनियाँ विस्तारवाद विषयक विचार गोष्ठिमा बीआरआई परियोजना खारेज हुनुपर्ने आवाज उठेको हो ।

उक्त कार्यक्रमकी प्रमुख अतिथि तथा मधेसी आयोगकी सदस्य रेणु देवीले नेपालमा चिनियाँ विस्तारवाद बन्द गर्नुपर्ने माग गरिन् । चिनियाँ ऋणका कारण अरु देशले पाइरहेको दुःखबाट नेपालले पाठ सिक्नु पर्ने उनको भनाइ थियो ।

उनले भनिन्, ‘नेपालमा चिनियाँ विस्तारवाद रोक्नको लागि बीआरआई परियोजना खारेज गर्नुपर्छ ।, चिनियाँ ऋणका कारण अरु देशले पाइरहेको दुःखबाट हामीले पाठ सिक्नुपर्छ ।, त्यसैले बीआरआई परियोजना खारेज गर्नुपर्छ।’

त्यस्तै कार्यक्रमका अभियानका अध्यक्ष विनय यादवले बीआरआई परियोजना खारेज नभए नेपालमा चिनियाँ विस्तारवाद बढ्ने सम्भावना उच्च रहेको बताए । उनले भने, ‘चीनले बीआरआई परियोजनाको नाममा नेपाललाई ऋणमा डुबाउने योजना बनाइरहेको छ।’

उनले यसका कतिपय बुँदाहरु निकै शंकास्पद, अस्पष्ट र जानाजान वा अन्जानमा धेरै अर्थ लाग्ने किसिमको बनाइएको बताए । उनले कतिपय बुँदाहरु अस्पष्ट र केही बुँदा राष्ट्रघाती किसिमका पनि रहेको विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित भएको बताए ।

कार्यक्रममा सहभागी अभियानकी केन्द्रीय उपाध्यक्ष सुनीता साह, केन्द्रीय सदस्य चन्द्र यादव, राजेश यादव हिन्दू सम्राट, अधिवक्ता किरण पौड़ेल, जसपाका मधेश प्रदेश इञ्चार्ज कमल यादव, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य बिनोद गुरुंग लागयतले राष्ट्रघाती बीआरआई समझौता खारेजी हुनु पर्नेमा जोड़ दिए।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ०२ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर