रक्सीमा खाएर घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु | Khabarhub Khabarhub

रक्सीमा खाएर घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला-नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ ।

शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए । घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको नौगाड गाउँपालिका–२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताउनुभयो । घरमा कोही नभएको भन्दै बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए ।

घरमा आगो बलेको देखेपछि घर छाडेर भागेकाहरु फर्किएका थिए । बडालकी श्रीमती घरभित्रको सामान बाहिर निकाल्न भित्र पसेकी थिइन् । घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले जानकारी दिए । आगो लागेको घर भित्रबाट बाहिर निस्कन नसक्दा उनको जलेर मृत्यु भएको हो ।

बुवा बहादुर बडाल र आमा मङ्गलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए । घटनाको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाही घटनास्थल पुगेका छन् । आगो लगाएर परिवारको हत्या गरेको भए पनि के कति कारणले झैझगडा भयो, आगो लगाउने स्थितिसम्म कसरी पुगे भन्ने अनुसन्धानपछि खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले बताए । आगो स्थानीयवासीले रातभर लगाएर नियन्त्रणमा लिएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : ४२ बजे

भेडाको ऊन प्रयोग हुन छाडेपछि मौलिक सामग्री लोप हुँदै

म्याग्दी– दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला

हिमाली क्षेत्रको बहुपति प्रथालाई कानून लाग्दैन ?

प्रसङ्ग गएको शनिबारको हो। दिनभर घरमै बच्चासँग बित्यो। मौसम अनुकूल

तेन्दुलकरले गरे भारतीय खेलाडीको खुलेर प्रशंसा

काठमाडौं – भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा

एमाले महासचिव पोखरेलले किन उठाए मुख्य दलमा नेतृत्वको प्रसङ्ग ?

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा बहुदलीय व्यवस्था स्थापना

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

बारा– बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए