अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका थिए ।

उनको स्वास्थ्य परीक्षणमा कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले यसको पुष्टि गरेका हुन् ।

उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको ओ कनरले जानकारी दिए । उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका छन् ।

उनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो ।

राष्ट्रपति बाइडेनलाई पुनः जुलाई ३० मा कोभिड सङ्क्रमण देखिएको हो । पछिल्लो स्वास्थ्य परीक्षणमा उनको कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ०५ बजे

‘ह्विमले देश अघि बढ्दैन, नेपालीले आफ्नै इतिहासबाट सिकौँ’

काठमाडौं- जेन–जी युवा मिराज ढुंगानाले सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई भावनामा

देशभर विपद्का २३ घटना : एकको मृत्यु र ५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाहरूमा २३ वटा विपद्का

इरानमा आक्रमणपछि पाकिस्तानस्थित अमेरिकी वाणिज्य दूतावासमा आक्रमण

इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य

अब कसले र कसरी चुन्छ इरानको नयाँ सर्वोच्च नेता ?

काठमाडौं- अमेरिका र इजरायलले संयुक्त रुपमा सञ्चालन गरेको सैन्य कारवाहीका

केपी ओलीको हारजित देशको विजय-पराजयसँग जोडिन्छ : योगेश भट्टराई

झापा- नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले नेपालका कम्युनिष्टहरूका लागि