दोर्दी-१ जलविद्युत आयोजना निर्माण सम्पन्न | Khabarhub Khabarhub

दोर्दी-१ जलविद्युत आयोजना निर्माण सम्पन्न


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १२ मेगावाटकाे उक्त आयोजनाले विद्युत् उत्पादन परीक्षणसमेत गरिसकेको छ । तर, प्रसारण लाइन नहुँदा नियमित विद्युत् उत्पादन भने गर्न पाएको छैन ।

हाल व्यावसायिक विद्युत् उत्पादनका निम्ति प्रसारण लाइनको प्रतीक्षामा रहेको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए ।

यसअघि चैत २०७६ मा आयोजना निर्माण पूरा गर्ने भनिए पनि दोर्दी खोलामा आएको बाढी र कोभिड-१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माण अवधि लम्बिएको हो ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सब स्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे तीन किलोमिटर लामो प्रसारण लाइन आयोजना आफैले निर्माण गरिसकेको छ ।

प्रचलित नियमावलीअनुसार ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमति पत्र लिएर प्राधिकरणसँग १०.३ मेगावाट विद्युत् खरिद सम्झौता गरेको छ । पीपीएमा सहमतिअनुसार सुख्खा याम पुसदेखि ८ चैतसम्म ८ रुपैयाँ ४० पैसा र बाँकी समय हिउँदमा चार रुपैयाँ ८० पैसामा खरिद मूल्य कायम भएको छ । पीपीएदर पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ ।

२०७४ सालबाट सुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न दुई अर्ब २९ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच वटा बैंकले ऋण लगानी गरेका छन् ।

विद्युत् उत्पादनका निम्ति दोर्दी करिडोरअन्तर्गत १३२ केभी प्रसारणलाइनमार्फत कीर्तिपुर सबस्टेशनमा जोडिएको छ । तर, गत वर्षको बाढीका कारण प्रसारण लाइन पुनः निर्माण नहुँदा आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको हो ।

तत्कालका लागि मर्स्याङ्दी करिडोरअन्तर्गतको २२० केभी प्रसारण लाइनअन्तर्गत उदिपुर सब स्टेसनमा जोड्ने तयारी गरे पनि सो प्रसारण लाइन पनि निर्माण सम्पन्न नभएकाले आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको आयोजना प्रमुख सिलवालले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : २१ बजे

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक

विश्वकप लिग २ : क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट– ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै

तनहुँ– तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल