जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते « Khabarhub

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहरा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भदौ ४ गते साँझ करिब ६:३० बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि फरार रहेका जिप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विकलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ । दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १० : ३४ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले