गाजामा जारी इजरायली हमलामा इस्लामिक जिहादका शीर्ष कमाण्डर मारिए | Khabarhub Khabarhub

गाजामा जारी इजरायली हमलामा इस्लामिक जिहादका शीर्ष कमाण्डर मारिए


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्यालेस्टाइनको गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी इस्लामवादी लडाकु समूह प्यालेस्टिनियन इस्लामिक जिहादका शीर्ष कमाण्डर खालिद मन्सुर मारिएका छन् ।

इजरायली आक्रमणमा आफ्नो शीर्ष कमाण्डर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल–कुद्स ब्रिगेडले जनाएको छ ।

यसअघि शुक्रबार इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डर तैसिर जबारी हवाई हमलामा मारिएको पुष्टि गरेको थियो ।

अल-कुद्स ब्रिगेडले आइतबार बिहान दक्षिणी गाजामा शीर्ष कमाण्डर खालेद मन्सुर रफाह शहरमा इजरायली हवाई हमलामा मारिएको बताएको छ ।

जबरी इजरायली हमलामा मारिएको बदलामा इस्लामिक जिहादका नेता जियाद नाखलाहले इजरायली शहर तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएका छन् ।

आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टिानियन इस्लामिक जिहाद विरुद्ध ब्रेकिङ डन नामक अपरेशन शुरु गरेको थियो । त्यसयता इजरायलले गाजा स्ट्रिपमा क्षेप्यास्त्र हमला र नयाँ आक्रमणहरू गर्दै आएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार इजरायलको अपरेशन ब्रेकिङ डन अन्तर्गत गाजा पट्टीलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको र २०३ जना घाइते भएको बताएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : २६ बजे

एमाले गण्डकीद्वारा अर्जुन पौडेलमाथि भएको आक्रमणको निन्दा

पोखरा – नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पर्वतमा आफ्नै पार्टी

भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी– समय र स्थान तोकेर बदला लिन्छौँ

इस्लामावाद- भारतले पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) र अन्य क्षेत्रमा गरेको

काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौं फर्काइयो

काभ्रेपलाञ्चोक– यहाँको धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका

नेपाल स्टुडेन्ट्स आईटी क्लबले आयोजना गर्दै ‘ह्याक फर नेपाल’ ह्याकाथन

काठमाडौं – नेपाल स्टुडेन्ट्स आईटी क्लबले ‘ह्याक फर नेपाल’ ह्याकाथन