गत साता मात्रै इरानमा ३२ जनालाई मृत्युदण्डको सजाय « Khabarhub

गत साता मात्रै इरानमा ३२ जनालाई मृत्युदण्डको सजाय


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार एवम् परोपकारी संस्थाले जनाएको छ ।

इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै ३२ जनालाई मृत्युदण्ड दिइएको छ ।

इरानमा मृत्युदण्ड दिइने दर बढेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेष्टी इन्टरनेशनलले विज्ञप्ति जारी गर्दै जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म दोब्बर मानिसहरूलाई मृत्युदण्ड दिइएको छ ।

इरानले पनि अन्य देशको तुलनामा धेरै महिलाहरूलाई मृत्युदण्ड दिने गरेको उनीहरूमध्ये अधिकांशलाई आफ्नो पतिको हत्या दोषी ठहर गरिएको अधिकारवादी समूहहरूले जनाएका छन् ।

पछिल्लो पटक मृत्युदण्डको सजाय पाउनेमा बाल विवाह गरेकी एक युवती पनि रहेको जनाइएको छ ।

इरानको मानव अधिकार समूहले सोहिला अबादीलाई पतिको हत्या गरेको अभियोगमा झुन्डाइएको जनाएको छ । अबादीको १० वर्षअघि १५ वर्षको उमेरमा विवाह भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ३५ बजे

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना

राष्ट्र बैंकलाई केही अधिकार अर्थ मन्त्रालयभन्दा माथि नजाने गरी चाहिन्छ : गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले नेपाल राष्ट्र