पाकिस्तानमा आसन्न उपनिर्वाचनमा सबै क्षेत्रमा एक्लै उम्मेद्‍वारी दिने इमरान खानको घोषणा « Khabarhub

पाकिस्तानमा आसन्न उपनिर्वाचनमा सबै क्षेत्रमा एक्लै उम्मेद्‍वारी दिने इमरान खानको घोषणा


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा सबै नौ वटा क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उक्त पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि पाकिस्तानमा रिक्त नौ वटा स्थानमा उपनिर्वाचन हुँदै छ ।

आगामी २५ सेप्टेम्बरमा उपनिर्वाचन हुने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । सबै रिक्त सिटमा चुनाव लड्ने खानको निर्णयले राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको जनाइएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले पत्रकार सम्मेलनमा बोल्दै खान नौ वटै निर्वाचन क्षेत्रबाट उठ्ने निर्णय गरेको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ४१ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

जानकी– बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौं– नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार भएको

माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत