महोत्तरीमा ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास « Khabarhub

महोत्तरीमा ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरीको भंगहामा नगरपालिका-१ मा ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् ।

शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको छ । घरायसी विवाद हुँदा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले मटीतेल खन्याएर आगो लगाएका हुन् ।

शनिबार राति भएको घटनामा रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको छ भने छोरी प्रमिलादेवीको हात, खुट्टा र छाती जलेको छ । सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा फरार छन्।

वैदेशिक रोजगारबाट फर्केका शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : ३० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर