तालिबानको शासनमा महिला र बालिकाको जीवन कष्टकर : एम्नेस्टी इन्टरनेशनल | Khabarhub Khabarhub

तालिबानको शासनमा महिला र बालिकाको जीवन कष्टकर : एम्नेस्टी इन्टरनेशनल


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको तालिबान शासनमा महिला एवम् बालिकाको जीवन कष्टकर बन्दै जान थालेको मानव अधिकारवादी संस्थाले जनाएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले तालिबानको शासनमा मुलुकमा मानव अधिकारको अवस्था दिन प्रतिदिन खराब बन्दै गएको बताउँदै यसले मुख्यगरी महिला एवम् बालिकाको जीवन दयनीय बनेको जनाएको छ ।

यसबाहेक महिला अधिकारबारे आवाज उठाउने अधिकारवादीहरुलाई पनि धम्की, पक्राउ, यातना र जबरजस्ती बेपत्ता पारिएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार एम्नेस्टी इन्टरनेशनलले तालिबानलाई आफ्नो महत्वपूर्ण नीतिहरु पुनर्विचार गरी महिला एवम् बालिकाहरुको अधिकार स्थापित गर्न समेत माग गरेको छ ।

‘अफगानिस्तान कब्जा गरेको एक वर्ष नबित्दै तालिबानको कठोर नीतिहरुले दशौँ लाख अफगान महिला एवम् बालिकाहरुको सुरक्षित एवम् स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार उल्लङ्घन भएको छ ।’ एम्नेस्टी इन्टरनेशनलकी महासचिव एग्नेश कलामार्डले भनिन् ।

उनले तालिबानको शासन आएदेखि अफगानिस्तानमा महिलाविरुद्ध हिंसात्मक घटना पनि बढेको बताइन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १ : ५९ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का