गोकर्ण विष्टको योजना– चैतमा बेरोजगार युवाको तथ्यांक संकलन, असारभित्र निर्वाह भत्ता « Khabarhub

गोकर्ण विष्टको योजना– चैतमा बेरोजगार युवाको तथ्यांक संकलन, असारभित्र निर्वाह भत्ता


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चैत महिनादेखि बेरोजगार युवाको तंथ्याक संकलन गर्ने भएको छ । त्यसका लागि सरकारले आगामी फागुन १ गतदेखि प्रधानमन्त्री रोजगार कार्याक्रम सञ्चालनमा ल्याउने भएको छ ।

उक्त कार्यक्रमका विषयमा जानकारी गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रालयमै आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले फागुन १ गतेदेखि कार्यक्रम लागू गर्ने, चैत महिनाभित्र बेरोजगार युवाको तंथ्याक संकलन गर्न र असार मसान्तभित्र रोजगारी नपाएका युवालाई निर्वाह भत्ता वितरण गरिने जानकारी दिइएको छ ।

सरकारले देशभित्र रोजगारीको विकास गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले जानकारी गराए ।

बाध्यताकारी वैदेशिक रोजगारी अन्त्य गर्दै देशभित्र रोजगारीमैत्री वातावरण बनाउन लागि सरकारले काम गरिहेको मन्त्री विष्टले बताए । उनले भने, ‘अब नेपाली युवावर्ग ३० हजार कमाउन खाडी र मलेसिया जानु पर्दैन । राज्यले देशभित्रै रोजगारीको ग्यारेन्टी गर्दैछ । सरकारले नै बेरोजगार युवालाई रोजगारीको खोजेर काम दिन्छ ।’

प्रधानमन्त्री रोजगार कार्याक्रम सवै स्थानीयतहबाट लागू गरिने कार्याक्रमका संजोजक प्रकाश दाहालले जानकारी दिए । जसका लागि रोजगार व्यवस्थापन सूचना प्रणाली लागू गर्न उनको भनाइ छ ।

सरकारले आर्थिक वर्ष (आव) २०७९ /८० सम्ममा बाध्यकारी रोजगारी रोक्ने लक्ष्य लिएको छ । यसका लागि युवालक्षित निर्वाह भत्तादेखि अनिवार्य रोजगारीका साथै उद्यमी बन्न सहुलियत ब्याजदरमा ऋण प्रवाहसम्मको सुविधा दिने उद्देश्य सरकारले लिएको छ ।

सरकारले देशभित्र रोजगारीका क्षेत्र तथा सम्भावित अवसरको पहिचान गरेर अन्तर मन्त्रालय छलफल गरिरहेको छ । श्रम मन्त्रालयले शिक्षा, पर्यटन, उद्योग, कृषि, सूचना प्रविधि, भौतिक पूर्वाधार राष्टिय गौरवका आयोजना, स्वास्थ्य र खानेपानी लगायतका १४ क्षेत्रमा रोजगारी सिर्जना गर्ने र उद्यमी बनाउने योजना लिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : १७ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट