काठमाडाैँ- चीनका विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न चीनबाट सहयोगका लागि आइतबार बङ्गलादेशले आग्रह गरेको छ ।
भ्रमणका क्रममा दक्षिण एसियाली राष्ट्र बङ्गलादेशको पूर्वाधार विकासका लागि उत्तम व्यापार सम्बन्ध, लगानी र सहयोगको प्रतिवद्धता चिनियाँ विदेश मन्त्रीले गरेका छन् ।
चीनले सन् २०१९ को अगस्तमा म्यानमारमा सैनिक दमनका कारण भागेका करिब सात लाख रोहिंग्या मुस्लिम शरणार्थीहरूलाई पुन: स्थापना गर्न नोभेम्बर २०१७ को सम्झौता गर्न म्यानमारमा आफ्नो प्रभावको प्रयोग गरेको थियो ।
तिनीहरूलाई फिर्ता पठाउने प्रयास गरे तापनि शरणार्थीहरूले म्यानमारमा आफ्नो असुरक्षा हुनसक्ने भन्दै सम्झौता कार्यान्वयन गर्दा आफुहरूको सुरक्षाको ग्यारेन्टीका लागि अन्तरराष्ट्रिय समुदायसँग माग गर्दै आएको छ ।
सम्झौता कार्यान्वयनमा म्यानमारको प्रशासन इमान्दार नभएको बताउँदै आएका रोहिंग्याहरू गत वर्ष निर्वाचित सरकारलाई अपदस्थ गरी सैन्य सरकार गठन भएपछि थप सशङ्कित बनेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यी शनिबार साँझ ढाका पुगेका थियो । ढाकामा रहाँदा उहाँले प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री एकेअब्दुल मोमेनलगायतका उच्च पदस्थ अधिकारीसँग भेट गरेका छन्
आइतबार बिहान उनी स्वदेश प्रस्थान गर्नुअघि भएको संयुक्त पत्रकार सम्मेलनमा यीको भ्रमणमा द्विपक्षीय र विश्वव्यापी विषयमा छलफल भएको बङ्गलादेशका परराष्ट्र मन्त्री शाहरयर आलमले बताए ।
प्रतिक्रिया