संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल « Khabarhub

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार दोस्रो अनौपचारिक मतदान (स्ट्र पोल) गरेको छ।

वर्तमान महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदैछ। त्यसअघि उत्तराधिकारीका रूपमा अघि सारिएका उम्मेदवारमध्ये कसको समर्थन बलियो बन्दै गएको छ भन्ने आकलन गर्न स्ट्र पोल गरिएको हो।

यसअघि भएको पहिलो स्ट्र पोलमा कोस्टारिकाकी रेबेका ग्रिन्स्पान अग्रस्थानमा रहेका थिए। सुरक्षा परिषद्का १५ सदस्यले उम्मेदवारप्रतिको आफ्नो धारणा गोप्य रूपमा व्यक्त गरेका थिए।

महासचिव पदका लागि अर्जेन्टिनाका राफेल ग्रोसी, चिलीकी पूर्वराष्ट्रपति मिशेल ब्याचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, गुयानाकी क्यारोलिन रोड्रिग्स–बर्केट, युगान्डाका ओलारा ओटुन्नु र सेनेगलका म्याकी साल प्रतिस्पर्धामा हुनुहुन्छ। पहिलो स्ट्र पोलपछि इक्वेडरकी इभोन ए–बकीले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

इन्टरनेसनल क्राइसिस ग्रुपका डेनियल फोर्टीका अनुसार दोस्रो स्ट्र पोलले महासचिव पदको प्रतिस्पर्धा कुन दिशामा अघि बढिरहेको छ भन्ने प्रारम्भिक संकेत दिनेछ। पहिलो मतदानको तुलनामा मत वितरणमा परिवर्तन आउन सक्ने भए पनि तत्कालै कुनै एक उम्मेदवारले निर्णायक अग्रता हासिल गर्ने सम्भावना कम रहेको उनको भनाइ छ।

सुरक्षा परिषद्का स्थायी सदस्य बेलायत, चीन, फ्रान्स, रुस र अमेरिकाले आफ्नो प्राथमिकता तत्काल सार्वजनिक नगर्न सक्ने बताइएको छ। रुसी राजदूत भासिली नेबेन्जियाले पनि कुनै उम्मेदवारले पर्याप्त समर्थन जुटाउन नसके नयाँ उम्मेदवार प्रतिस्पर्धामा थपिन सक्ने सम्भावना अस्वीकार गरेका छैनन्।

सुरक्षा परिषद्मा महासचिवका उम्मेदवारले १५ मध्ये कम्तीमा नौ सदस्यको समर्थन प्राप्त गर्नुपर्छ। साथै, पाँच स्थायी सदस्यमध्ये कुनै एकले पनि भिटो प्रयोग गर्न नहुने व्यवस्था छ। सुरक्षा परिषद्ले सिफारिस गरेपछि मात्र उम्मेदवारको नाम अनुमोदनका लागि महासभामा पठाइन्छ।

स्ट्र पोलको अभ्यास सन् १९८० को दशकको सुरुआततिर भिटोका कारण महासचिव चयनमा उत्पन्न गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सुरु गरिएको थियो। यस प्रक्रियामा सुरक्षा परिषद्का सदस्यले प्रत्येक उम्मेदवारलाई गोप्य रूपमा ‘प्रोत्साहित’, ‘निरुत्साहित’ वा ‘कुनै राय छैन’ भन्ने धारणा व्यक्त गर्छन्। कमजोर समर्थन भएका उम्मेदवारलाई प्रतिस्पर्धाबाट पछि हट्न संकेत दिने उद्देश्यले पनि यस्तो मतदान गरिन्छ।

महासचिव पदमा क्षेत्रीय सन्तुलन कायम गर्ने परम्परा रहेकाले यसपटक ल्याटिन अमेरिकाबाट उम्मेदवार चयन हुने अपेक्षा गरिएको छ। वर्तमान प्रतिस्पर्धामा उक्त क्षेत्रबाटै धेरै उम्मेदवार छन् भने म्याकी साल र ओलारा ओटुन्नु अफ्रिकाबाट उम्मेदवार छन् ।

नयाँ महासचिवको अन्तिम चयन भने सुरक्षा परिषद्को सिफारिसमा संयुक्त राष्ट्रसङ्घको महासभाले गर्नेछ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ११ : ४७ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र