थलीका स्थानीय पुनः आन्दोलित, सडक बन्द गरेसँगै नगरपालिकाले चलायो डोजर | Khabarhub Khabarhub

थलीका स्थानीय पुनः आन्दोलित, सडक बन्द गरेसँगै नगरपालिकाले चलायो डोजर


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको चावहिल-साँखु खण्डअन्तर्गतको थली-साँखु सडकखण्ड स्तरोन्नती गर्ने कार्य कार्यन्वयन नभएपछि स्थानीयवासीले आइतवार थलीमा पुन आन्दोलन गरे ।

जेठ २८ गते स्थानीयवासीले सडक कालोपत्रे नभएको भन्दै टायर बालेर अनिश्चितकालीन बन्दको आवह्न समेत गरेका थिए ।

आन्दोलनपछि स्थानीय संघर्ष समिति र नगरपालिकाबीच तत्काल सडकमा देखिएको खाल्डाखुल्डी पुर्ने र एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने साथै तत्काल सडक निर्माणका लागि सडक बोर्डमा पहल गर्ने सहमति भएको थियो ।

तर हप्तादिन बितिसक्दा पनि सडक जस्ताको त्यस्तै भएपछि स्थानीयहरु पुन आन्दोलित बन्न पुगेका हुन् । आइतवार बिहान स्थानीयले १ घण्टासम्म सवारी आवगमनमा अवरोध पुर्‍याएका थिए ।

स्थानीयले सडक बन्द गरेसँगै नगरपालिकाले तत्काल सो सडकमा डोजर चलाउन शुरु गरेको थलीबाट निश्चल नेपालले खबरहबलाइ जानकारी दिए । ‘अहिले सडकको नाली खन्ने काम भइरहेको छ’ उनले भने ।

४ वर्षदेखि कालोपत्रे हुन नसकेको सो सडक खाल्डाखुल्डीले भरिएको छ । मोटरसाइकल तथा स्कुटर जस्ता साना सवारी साधन दिनहु सडकमा चिप्लने र दुर्घटना भइरहने स्थानीयले गुनासो गरेका थिए ।

त्यति मात्र होइन, पछिल्ला समय यो सडकमा मालबहाक सवारी साधन गुडिरहँदा सडक झनै दयनीय बन्दै गरेको उनीहरुको भनाइ छ । पानी परेसँगै सडकका खाल्डाखुल्डीमा पानी जमेर स्थानीयले कष्टकर जीवन बिताइरहेका छन् ।

यो पनि पढ्नुहोस्

चाबहिल-साँखु सडक खण्डः समस्यै-समस्याको पोको, कहिले फुक्छ गाँठो ?

तस्वीर : निश्चल नेपाल

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १ : ०४ बजे

नारायणी पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

चितवन– नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको

प्रचण्डको गुनासो- सरकारले कर्णालीमाथि अपमान गर्‍यो

सुर्खेत–  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

चौकीडाँडा-कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द

चितवन– चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि

जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी : मुहम्मद युनुस

ढाका– बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य

भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

नयाँदिल्ली– भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ  राज्यमा आइतबार राति बस र