पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुग्यो | Khabarhub Khabarhub

पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुग्यो


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी पुगेको सरकारी तथ्यांक सार्वजनिक भएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार गत आर्थिक वर्षमा पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ ।

यो पाकिस्तानी अर्थतन्त्रको ४ दशमलब ६ प्रतिशत रहेको जनाइएको छ । विश्व बजारमा बढ्दो इन्धनको मूल्यका कारण चालु घाटा बढेको हो ।

गत मे महिनामा पाकिस्तानले १ अर्ब ४० करोड अमेरिकी डलरको इन्धन आयात गरेकोमा जुन महिनामा यो बढेर २ अर्ब ९० करोड अमेरिकी डलर पुगेको डनले जनाएकोे छ ।

द्विपक्षीय एवम् बहुपक्षीय दाताबाट आउने विदेशी मुद्राको प्रवाह घटेको एवम् विदेशी लगानी पनि कम हुँदै गएका कारण विदेशी मुद्राको सञ्चिती कम हुँदै जान थालेकाले पछिल्लो केही महिनायता पाकिस्तानी मुद्रामाथि दबाब पैदा भएको विश्लेषण गरिएको छ ।

यसबाट मुलुकमा तीव्र मुद्रास्फीतिको अवस्था आएको छ भने पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग पनि सहयोगको याचना गरिरहेको छ ।

यद्यपि मुलुकमा जारी राजनीतिक अस्थीरताले पाकिस्तानी अर्थतन्त्र अझ समस्यामा पर्ने चिन्ताहरु उत्पन्न हुन थालेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : १६ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच