हेटौँडा–काठमाडौँ छोटो दूरीको सडक निर्माण सुरु « Khabarhub

हेटौँडा–काठमाडौँ छोटो दूरीको सडक निर्माण सुरु


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मकवानपुरको हेटौँडादेखि काठमाडौँ जाने छोटो दूरीको सडकखण्ड अन्तर्गतको सडक निर्माण सुरु भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा गरेर ठेक्कामार्फत काम सुरु गरेको जनाएको छ ।

सो सडकखण्डको रु ७५ करोडको लागतमा काम भइरहेको बताइएको छ । आयोजनाका अनुसार कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई दुई खण्ड गरेर ठेक्कामार्फत काम भइरहेको छ । हेटौँडादेखि काठमाडौँबीचको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुई खण्ड गरेर २० किमी सडकको रु ७५ करोड लागतमा निमार्ण कार्य भइरहेको सो आयोजनाले जनाएको छ ।

आयोजनाले छुट्याएको मकवानपुर सडक खण्डमा १२.१५ किलोमिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निमार्ण तीव्ररूपमा भइरहेको आयोजनाका इन्जिनियर किरण रन्जितले जानकारी दिए ।

मकवानपुर सडकखण्डमा रु ४३ करोड ४१ लाख १६ हजारको लागतका रमण पिआर त्रिवेणी जेभी मूलपानी काठमाडौँसँग सम्झौता गरेर काम सुरु भएको बताइएको छ । सो सडकखण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता गरिएको इन्जिनियर रन्जितले जानकारी दिए।

यसैगरी काठमाडौँ सडकखण्डमा रु ३१ करोड ९३ लाख ११ हजारको लागतमा आठ किलोमिटर रौता रामसागर जेभी काठमाडौँले ठेक्का प्राप्त गरेर काम गरिरहेको छ ।

निर्माण कम्पनीसँग २०७८ असार ११ गते सम्झौता गरेर २०८० असार १० गतेसम्म सक्नेगरी सम्झौता भएको आयोजनाले जानकारी दिएको छ । हाल दुवै सडकखण्डमा कटिङ गर्ने, नाली निर्माण गर्ने, पिच गर्ने, वाल निर्माण गर्ने तथा १० मिटर बाटो फराकिलो गर्नेलगायतका काम भइरहेको छ ।
८५ किमी सो सडकअन्तर्गत हेटौँडादेखि काठमाडौँसम्म साना सवारी साधनहरु मात्र गुडिरहेको सो सडक निर्माण भएमा ठूला सवारी साधनहरु पनि राम्रोसँग आउन र जान सक्ने बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ११ : ०० बजे

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद

महाधिवेशन प्रतिनिधिको नामै बेपत्ता, अन्याय भएको भन्दै हलभित्रै नाराबाजी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिको नामावलीलाई लिएर

रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि अधिवक्ता यज्ञमणि

रास्वपामा रवि-बालेन भागबन्डाको विरोध, महाधिवेशन प्रतिनिधिले भने : कांग्रेस-एमालेकै रोग देखियो, विद्रोह गर्छौँ

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न