विभिन्न स्थानमा पाँच जना मृत फेला  « Khabarhub

विभिन्न स्थानमा पाँच जना मृत फेला 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, प्युठान, नवलपरासी (पूर्व), मोरङ र मकवानपुरमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौं महानगरपालिका–८ भण्डारखालस्थित हुलाक घरको पेटीमा सिन्धुली फिकल गाउँपालिका बस्ने ५५ वर्षीय तेज बहादुर सिजाली सोमबार मृत अवस्थामा फेला परेका हुन् । प्युठानको गौमुखी गाउँपालिका–४ पुजास्थित नेपाने खोलामा सोही गाउँपालिका–३ रजवारा राम्दीखोला घर भएकी ४३ वर्षीया उजेली परियार सोमबार मृत अवस्थामा फेला परेकी छन् । 

नवलपरासीको कावासोती नगरपालिका–५ स्थित खर बारीमा सोही नगरपालिका–१ कोईलापानी बस्ने ३५ वर्षीय गोपाल कुँवर सोमबार मृत अवस्थामा फेला परेका छन् ।  गत शनिबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

मोरङको बेलबारी नगरपालिका–३ स्थित बरफ फ्याक्ट्रीको कम्पाउन्डभित्र हाल ठेगाना नखुलेका करिब ४५ वर्षीय विसाल राई नाम गरेका व्यक्ति सोमबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपलिका–१० न्युरेनिस्थित बंगुरको फर्मभित्र बस्दै ज्याला मजदुरी गरी हिड्ने हाल स्थायी वतन नखुलेका ६५ वर्षीय सूर्य श्रेष्ठ सोमबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ४६ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा