प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाले छापा मार्दा एक लडाकु कमाण्डरसहित दुई जनाको मृत्यु « Khabarhub

प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाले छापा मार्दा एक लडाकु कमाण्डरसहित दुई जनाको मृत्यु


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायल र इस्लामिक जिहाद लडाकुहरू बीचको भीषण लडाईँपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको हो ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन् । ती मध्ये चारको अवस्था गम्भीर रहेको छ ।

आतङ्कवादी लडाकु इब्राहिम अल–नाबुलसी र अर्का एक आतङ्कवादी नाब्लस शहरमा मारिएका इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्यालेस्टिनीहरूले सेनामाथि ढुङ्गा हानेपछि नाब्लसका अन्य भागहरूमा पनि इजरायली सेनासँग प्यालेस्टाइनीहरुको झडप भएको थियो ।

मार्चको अन्त्यदेखि हालसम्म कम्तीमा ५७ प्यालेस्टाइनीहरू मारिएका छन् । अधिकांश मारिएकाहरु प्रायः वेस्ट बैंकका नै बासिन्दा भएका समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : १९ बजे

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो