नेप्से परिसूचक ४३ अङ्कले घट्यो « Khabarhub

नेप्से परिसूचक ४३ अङ्कले घट्यो


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८० अङ्कमा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.६८ अङ्कले ओरालो लागेर ३९७.४३ मा कायम भएको छ । कूल २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १८.०५, व्यापार ७०.३२, होटल तथा पर्यटन ३४.६२, विकास बैंक १२२.६९, जलविद्युत् ७८.०१, वित्त ६०.२७, निर्जीवन बीमा १२३.४४, उत्पादन ७०.३७, अन्य ५८.७२, लघुवित्त १२५.६२, जीवन बीमा १२२.५१, सामूहिक लगानी कोष ०.१४ र लगानी १.३३ अङ्कले घटेका छन् ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ४६ अर्ब १६ करोड ७२ लाख ३१ हजार ५५० बराबर रहेको छ । कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड १० लाख ९७ हजार ७६६ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु १३ करोड आठ लाख ७८ हजार, हिमालयन डिस्टिलरी रु १० करोड ७८ लाख ४९ हजार, नबिल बैंक रु १० करोड ४२ लाख नौ हजार नौ सय ८५ र नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ७८ लाख ९३ हजार चार सय २९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर ९.९७, गुराँस लघुवित्त ६.३६, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र ३.९६, युनिलिभर नेपाल ३.९५ र गुडविल फाइनान्सका लगानीकर्ताले तीन प्रतिशतले कमाए ।

त्यस्तै गणपति लघुवित्त ७.२७, घलेम्दी हाइड्रोपावर ६.६८, पञ्चकन्या माई हाइड्रोपावर ६.४९, न्यादी हाइड्रोपावर ६.४० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.३१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : ४१ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा