अछामका १० पालिकाको वार्षिक राजश्व ६ करोड  « Khabarhub

अछामका १० पालिकाको वार्षिक राजश्व ६ करोड 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामका १० वटा पालिकाले वार्षिक रूपमा करिब ६ करोड राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७७-७८ मा अछामका १० स्थानीय तहले वार्षिक पाँच करोड ८४ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ ।

१० वटा पालिकामध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम तृर्माखाँद गाउँपालिकाले राजश्व संकलन गरेका छन् । साँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०७७-७८ मा एक करोड ६५ लाख ८ हजार र तृर्माखाँद गाउँपालिकाले २० लाख ५४ हजार राजश्व संकलन गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साँफेबगर नगरपालिकाले तुर्माखाँद गाउँपालिकाभन्दा एक करोड ४४ लाख ६३ हजार बढी राजश्व संकलन गरेको छ । साँफेबगर नगरपालिकाले केही स्थानीय तहबाहेक अन्य पालिकाभन्दा तेब्बर-चौब्बर बढीले राजश्व संकलन गरेको छ ।

चौरपाटी गाउँपालिकाले ९४ लाख ८६ हजार मंगलसैन नगरपालिकाले ७७ लाख ९७ हजार, पञ्चदेवल बिनायक नगरपालिकाले ४५ लाख ४४ हजार र ढकारी गाउँपालिकाले ४४ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गरेका छन् ।

कमलबजार नगरपालिका  ४२ लाख १६ हजार, मेल्लेख गाउँपालिकाले ३४ लाख २१ हजार, बान्नीगढी जगयढ गाउँपालिकाले ३० लाख ६१ हजार र रामारोशन गाउँपालिकाले २९ लाख तीन हजार रुयैयाँ राजश्व संकलन गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५५, ५७, ५८ र ५९ मा एकीकृत सम्पत्ति र घरजग्गा बहाल कर, व्यवसायी कर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता, अन्य प्रशासनिक शुल्कबाट राजश्व संकलन गर्न व्यवस्था रहेको छ । केही स्थानीय तहले नदीजन्य पदार्थ र स्काभेटरको प्रयोगबाट पनि राजश्वस संकलन गर्दै आएका छन् ।

स्थानीय तहले संकलन गरेको राजश्व विकास निर्माणका कार्यमा खर्च नभई सेवा सुविधा र प्रशासनिकमा बढी खर्च गर्ने गरेको पनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको प्रतिवेदनमा  प्रशासनिक खर्च नियन्त्रण गदै प्राप्त अनुदान र राजश्व बाँडफाँडको अधिकतम विकास निर्माण कार्यमा खर्च गर्नको लागि सुझाव पनि दिइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : ५४ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश