तालिबानद्वारा अफगानिस्तानमा रेडियो पत्रकार पक्राउ « Khabarhub

तालिबानद्वारा अफगानिस्तानमा रेडियो पत्रकार पक्राउ


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका लडाकुले मुलुकको उत्तरी फर्यब प्रान्तमा एकजना पत्रकारलाई नियन्त्रणमा लिएका छन् ।

तालिबानको गुप्तचर एकाईले फर्यब प्रान्तमा रेडियो पत्रकारका रुपमा कार्यरत अलाउद्दिन एर्किनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई पक्राउ गरी केरकार गरिएको अफगान पत्रकारहरुको समूह अफगानिस्तान जर्नलिष्ट सेन्टरले जनाएको छ ।

उनलाई पक्राउ गर्नुको कारणबारे तालिबानका अधिकारीले कुनै जानकारी नदिएको उनी कार्यरत सलाम वतनदर रेडियोले जानकारी दिएको छ ।

अफगानिस्तानबाट प्रकाशित हुने खामा प्रेसका अनुसार प्रान्तका गुप्तचर उपप्रमुख तल्हाको नेतृत्वमा आएको समूहले उनलाई पक्राउ गरेको हो ।

गत वर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता हत्याएयता त्यहाँ महिला, बालबालिका, धार्मिक अल्पसङ्ख्यक, पत्रकार एवम् अन्य समुदायका मानिसहरुमा ज्यादी एवम् उनीहरुको मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : ५५ बजे

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना