‘आयोजना नसकिँदासम्म प्रमुख बदल्नु हुँदैन’ « Khabarhub

‘आयोजना नसकिँदासम्म प्रमुख बदल्नु हुँदैन’


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशकुमार तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना समयमै सकाउन त्यो आयोजना पूरा नहुँदासम्म प्रमुख परिवर्तन गर्न नहुने बताएका छन्।

आज बसेको राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले कर्मचारीका काममा समस्या नै भएको अवस्थामा बाहेक मन्त्री वा सचिव परिवर्तन हुनासाथ प्रमुख परिवर्तन गर्न नहुनेमा जोड दिए। कालीगण्डकी करिडोरमा बेनी–लेते खण्ड समस्याग्रस्त रहेकाले समाधान गरेर निर्माण अघि बढाउनुपर्नेमा उनको जोड छ । करिडोरअन्तर्गत चीनको सीमासम्म नै सडक चाँडो कालोपत्र गर्न लाग्नुपर्ने उनको भनाइ छ । उनले भने, “चीनले भन्सारका लागि भवन नै बनाइसकेकाले नेपालतर्फ पनि सडक निर्माण गर्न जरुरी छ ।”

समितिका सदस्य अनिता देवकोटाले राष्ट्रिय गौरवका आयोजनामा कानुनीलगायत कुनै पनि समस्या आउन नदिने व्यवस्था मिलाउनुपर्ने धारणा राखिन्। समिति सदस्य दिलकुमारी रावल थापा (पार्वती) ले कालीगण्डकी राजमार्ग विसं २०८३/८४ सम्ममा सम्पन्न गर्नुपर्ने हुँदा सो अवधिमा सम्पन्न नहुने देखिएको बताइन् ।

समितिका सदस्य राजेन्द्रलक्ष्मी गैरेले पहिले निर्माणका क्रममा कालीगण्डकी खोलाकै नदीजन्य सामग्रीको प्रयोग भए पनि व्यवसायीले चाहिनेभन्दा बढी निकालेपछि समस्या आएको उल्लेख गरे। सदस्य खिमलाल देवकोटाले सो आयोजनामा रहेका समस्या समाधानतर्फ लागेको पाइए पनि अझै समयमै सकिनेमा शङ्का रहेको बताए। सदस्य जयन्ती राईले राष्ट्रिय गौरवका आयोजनामा सम्बद्ध व्यक्ति र संस्था जिम्मेवार हुनुपर्ने धारणा राखिन्।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले कालीगण्डकी करिडोर समयमा सम्पन्न हुने विषय अर्थ मन्त्रालयले समयमा बजेट सुनिश्चित गर्ने कुराबाट निर्धारण हुने बताए। एउटै पुल वा सडकमा पनि एउटा कामबाट अर्को काममा रकम लैजानका लागि पनि अर्थ मन्त्रालयसम्म पुगेर स्वीकृत गराउनुपर्ने हुँदा काममा झन्झट भएको उनले बताए ।उनले भने, “मन्त्रालयबाट नै हुँदा काम गर्न सजिलो हुनेछ ।”

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ३ : ०७ बजे

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका