पाकिस्तानमा पत्रकार गिरफ्तारीको चौतर्फी निन्दा « Khabarhub

पाकिस्तानमा पत्रकार गिरफ्तारीको चौतर्फी निन्दा


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका पत्रकारले स्थानीय एआरवाई न्युज टेलिभिजनका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गरेका छन् । उनलाई बुधबार पक्राउ गरिएको थियो ।

पत्रकारहरुले उनको गिरफ्तारीको निन्दा गर्दै उनको तत्काल रिहाइको माग समेत गरेका छन् । सादा पोशाकमा आएका प्रहरीले उनको घरमा जबरजस्ती प्रवेश गरी पक्राउ गरेको भारतीय समाचर संस्था एएनआईले जनाएको छ ।

पत्रकार सङ्घ र प्रेस क्लबले एआरवाई न्यूजका प्रमुख युसुफको गिरफ्तारीको निन्दा गर्दै उनलाई तत्काल हिरासतमुक्त नगरे देशव्यापी आन्दोलनको आह्वान गर्ने चेतावनी दिएका छन् ।

पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्ट (पीएफयूजे) ले वक्तव्य जारी गर्दै सरकारको लज्जास्पद कारवाहीको विरोध गरेको छ ।

प्रधानमन्त्री शहबाज सरिफले युसुफलाई तत्काल रिहा गर्न निर्देशन दिनुपर्ने उक्त युनियनले बताएको छ । पिएफयूजेका महासचिव एएच खानजादाले युसुफलाई तत्काल रिहा नगरिए पत्रकारले देशव्यापी आन्दोलनको आह्वान गर्ने बताए ।

अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध कुनै पनि हालतमा नसहने कराँची प्रेस क्लबका सचिव रिजवान भट्टीले भनेका छन् ।

पाकिस्तानको विद्युतीय सञ्चार नियामक प्राधिकरणले सोमबार कारण देखाउ सूचना पठाएपछि उनलाई पक्राउ गरिएको हो ।

यसैबीच, नेटवर्कका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सलमान इकबालसहित अन्य दुई ‘एङ्कर’ विरुद्ध देशद्रोहको मुद्दा दायर गरिएको छ । उनीहरूमाथि देशद्रोह र षड्यन्त्रको आरोप लगाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : १४ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको