तेस्रो एकदिवसीयमा जिम्बावेविरुद्ध बङ्गलादेशको सानदार जित « Khabarhub

तेस्रो एकदिवसीयमा जिम्बावेविरुद्ध बङ्गलादेशको सानदार जित


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जिम्बावेविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेशले सानदार जित निकालेको छ । हरारेमा बुधबार भएको खेलमा बंगलादेशले घरेलु टोलीलाई १ सय ५ रनले हराएको हो ।

यस जितसँगै बंगलादेशले तीन खेलको सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ। सिरिज जिम्बावेले २–१ ले जितेको छ।

बंगलादेशले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ३२ ओभर २ बलमा अलआउट हुँदै १ सय ५१ रनमा समेटियो । जिम्बावेका रिचार्डले अविजित रहदै सर्वाधिक ३४ रन बनाए । भिक्टरले २६ तथा क्लिभले २४ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ४ तथा ताइजुल इस्लाम र एबाडोट होसेनले २/२ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५६ रन जोडेको थियो ।बंगलादेशका अफिफ होसेनले अविजित रहदै ८५ रनको अर्धशतकीय इनिङ खेले ।

अनामुल हकले ७६ रनको अर्धशतकीय इनिङ खेल्दा महमुदउल्लाहले ३९ रन जोडे । जिम्बावेका ब्राड इभान्स र लुक जोन्वीले २/२ विकेट लिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : ५९ बजे

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई