सर्पको प्रयोग गरी अपराध स्वीकार्न लगाउने प्रहरीलाई कारबाही « Khabarhub

सर्पको प्रयोग गरी अपराध स्वीकार्न लगाउने प्रहरीलाई कारबाही


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अभियुक्तलाई सर्पको प्रयोग गरी जबरजस्ती अपराध स्वीकार गर्न लगाउने इण्डोनेशियाली प्रहरीले माफि मागेको छ । इण्डोनेशियाको सुदुर पूर्वमा रहेको पपुवा प्रान्तमा प्रहरीले अभियुक्तको घाँटीमा जिउँदो सर्प राखेर अपराध कबोल्न बाध्य पारिएको भिडियो भाइरल भएको थियो ।

प्रहरीले विज्ञप्ति जारी गर्दै अभियुक्तको घाँटीमा सर्प बाँध्ने प्रहरीलाई अनुशासनको कारवाहीको प्रकृया अघि बढाइएको जनाएको छ । भिडियोमा दुबै हात बाँधिएका अभियुक्तलाई प्रहरीले ‘‘कतिओटा मोबाइल चोरेको थिस् ?’’ भन्दै प्रश्न सोधेको देखिएको थियो । डरले चिच्याउँदै अभियुक्तले ‘‘दुईवटा’’ भनेको भिडियोमा देख्न सकिन्छ ।

प्रहरीको यस्तो घटना अमानवीय भएको भन्दै व्यापक आलोचना भएको थियो । पृथकतावादी आन्दोलन चलिरहेको इण्डोनेशियाको पपुवा क्षेत्रमा प्रहरीले मानव अधिकार हनन् गरेको समाचार नियमित आउने गर्छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : ५९ बजे

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले